पोखरामा एटिएम मेसिन फोर्न खोज्ने कृष्ण पक्राउ

पाेखरा | साउन २२, २०७९

पोखरामा एटिएम मेसिन फोर्न खोज्ने कृष्ण पक्राउ

 

पोखरा:   एनआईसी एशिया बैंकको एटिएम मेसिन फोर्न खोजेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा पर्वत घर भएका कृष्ण बहादुर बि.कलाई एनआईसी एशिया बैँकको एटिएम मेसिन फोरेर नगद चोरी गर्न लागेको सूचनाका आधारमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

 

पोखरा महानगरपालिका–१७ बिरौटा स्थित एनआईसी एशिया बैंकको एटिएम मेसिन फोरेर नगद चोरी गर्न खोजेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बि.कलाई पक्राउ गरेको हो ।

 

बि.क उपर चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 

उनी यस अगाडी पनि माछापूछ्रे बैँकको एटिएम मेसिन फोर्दै गरेको अवस्थामा प्रकाउ परी चोरी उद्योग मुद्धामा जिल्ला अदालत कास्कीबाट माग भए बमोजिम १ लाख धरौटी जम्मा गर्न नसकी पुर्पक्षको लागि थुनामा गएको र अदालतबाट मुद्धा फैसला हुुदा तोकिएको कैद भुक्तानी गरी छुटेको अभिलेखबाट देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ।   अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ।   सेन्टकमका अनुसार ...

थप पढ्नुहोस्

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...

थप पढ्नुहोस्

पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

थप पढ्नुहोस्